दमक/  झापाको कमल गाउँपालिका वडा नं ६ स्थित वाणी माविका १५० जना बिद्यार्थीलाई दमकका व्यवसायी दिपक श्रेष्ठले बिद्यालय पोशाक उपलब्ध गराएका छन ।

आधारभूत तहमा अध्ययनरत सो बिद्यालयका बिद्यार्थीहरुको अध्ययनमा सहयोग पुरयाउने उद्धेश्यले श्रेष्ठले सो सहयोग प्रदान गरेका हुन । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण भण्डारीले सो बिद्यालयको नेतृत्व सम्हालेपछि बिद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धीका लागि विभिन्न उपायहरु अपनाउने सिलसिलामा आर्थिक रुपमा विपन्न बिद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सो सहयोग प्राप्त भएको हो ।

शिक्षक अभिभावक संघका सदस्य भिमप्रसाद पौडेलका अनुसार सो बिद्यालयको शैक्षिक गुणस्तरमा आमूल परिवर्तन ल्याउने अठोटका साथ व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरु समेत लागिपरेका छन ।

कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि सुक्ष्म रुपमा अध्ययन गरेर आवश्यक उपायहरु अपनाउन शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावमुक्त बनाउनुपर्ने आफनो निचोड रहेको बताउँदै शैक्षिक गुणस्तर उकास्न समुदायका सबैपक्षको सहयोग अपरिहार्य भएको उल्लेख गरे । अध्यक्ष राईले विपन्न बिद्यार्थीहरुका लागि प्राप्त सहयोगको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन ।

Facebook Comments Box