दमक/झापाको दमक नगरपालिका भित्र बसोबास गर्ने अपाङगता भएका ७२ जनालाई ह्वीचियर प्रदान गरिएको छ ।
गत आर्थिक बर्षको बजेटबाट अपाङगता भएकाहरुसँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा ६३ वटा र नगरपालिकाले सोझै ९ वटा ह्वीलचियर वितरण गरेको नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता भण्डारीले जानकारी दिइन ।
नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले मंगलबार र बुधबार अपाङगता भएकाहरुलाई घर घरमै पुगेर ह्वीचियर हस्तान्तरण गरेकी छिन । नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई आवश्यकताका आधारमा १० वटा लठठी समेत वितरण गरेको जनाइएको छ ।
एउटा बेड र थप दुई वटा ह्वीलचियर अपाङगता भएकाहरुलाई घरमै पुगेर हस्तान्तरण गर्ने गरिने शाखाले जनाएको छ । नगरपालिकाकी उपप्रमुख भट्टराईले शारिरीक रुपमा हिंडडुल गर्न नसक्ने अशक्तता भएका नगरबासीहरुको दैनिक जिवनयापनमा सहजता प्रदान गर्न घर घरमै सहायता सामग्रीहरु पुरयाउने लक्ष्य राखिएको बताइन । पछिल्लो तथ्याङक अनुसार दमक नगरपालिका भित्र अपाङगता भएकाहरुको संख्या ७०० बढी छ ।

Facebook Comments Box