दमक/विप्लव नेतृत्वको नेकपा झापाका सेक्रेटरी मनिष भनिने प्रविण मिश्रसहित अर्का एक जिल्लास्तरीय कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
विर्तामोडमा बस्दै आएका मिश्र र टिका पोखरेललाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा पक्राउ गरेको बताइएको छ ।
सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएसंगै देशैभर कार्यकर्ताहरुको धरपकड बढाईरहेका बेला झापाको विर्तामोडबाट उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएका उनीहरु विरुद्ध के कस्ता मुद्धा छन भन्ने सार्वजनिक भएको छैन । प्रहरी कार्यालय झापाले समेत उनीहरु पक्राउ बारे आधिकारिक रुपमा सार्वजनिक नगरेपनि प्रहरी स्रोतले उनीहरु पक्राउ परेको जनाएको छ । ( स्रोत ः प्रदेश पोर्टल)

Facebook Comments Box