दमक/ दमक ५ मा केन्द्रिय कार्यालय रहेको ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन ।
दमक ५ का पूर्व वडा सदस्य समेत रहेका पौडेलले प्रतिष्ठानको जारी अधिवेशन अन्तर्गत भएको निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष पदमा मनोनयन दर्ता गरेका थिए ।
अध्यक्ष पौडेलसहित उपाध्यक्षमा शिवप्रसाद काफले , सचिवमा जिवराज भट्टराई , उपसचिवमा उर्मिला भट्टराई अधिकारीसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका निर्वाचन समिति संयोजक देवप्रसाद सुवेदीले जानकारी दिए ।
सदस्यहरुमा काजीमान थेवे, विमला पोखरेल, लक्ष्मीप्रसाद दाहाल, गायत्रा रेग्मी लामिछाने , ओमनाथ भट्टराइ लगायत पनि निर्विरोध निर्वाचित भएका छन ।
कोषाध्यक्ष एक पदका लागि तीन जनाको उम्मेदवारी कायम रहेकाले सो पदमा भने निर्वाचन हुने भएको छ । कोषाध्यक्षमा भवानीप्रसाद नेपाल, प्रेम बस्नेत र चेतन्य लामिछानेबीच चुनावी प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ । समितिले भोली बिहिबार बिहान ११ बजे मतदान शुरु हुने जनाइएको छ ।