दमक/ लागुऔषध ब्राउनसुगरसहित दमक २ मा तीन महिना अघि पक्राउ परेका दिपक शाहलाई मुद्धा मिलाएर प्रहरीबाट छुटाइदिने भन्दै एक लाख रुपैयाँ असुल गरी ठगी गर्ने दमकका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक ५ क्याम्पसमोडका ३८ बर्षिय शिवनारायण सिहं रहेका छन । सिंहले साहको परिवारका आफन्तसँग एक लाख रुपैयाँ असुलेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा आए लगत्तै सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार गएको असार २६ गते दमक नगरपालिका वडा नं.२ मा तिलकराम खवासको खवास, साह र रेशम गौतम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका थिए ।
सो मुद्धामा अदालतबाट म्याद थप लिई अनुसन्धान भईरहेको अवस्थामा साहको आफन्तलाई मुद्धा मिलाई दिन्छु भनि सिंहले एक लाख रुपैयाँ लिएका बताइएको छ । सो बिषयमा ईलाका प्रहरी कार्यालय दमकमा पीडित पक्षले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिंहलाई दमक बजारबाट नियन्त्रणमा लिएर ठगी मुद्धामा थप अनुसन्धान अघि बढाएको प्रवक्ता रिजालले जानकारी दिए ।