दमक/ झापाको दमकका केही होटल तथा बेकरी उध्योगमा संयुक्त अनुगमन गरिएको छ । अनुगमनका क्रममा गम्भीर लापरबाही गरेको भन्दै हिमालय बेकरी उध्योगलाई तत्काल उत्पादनमा रोक लगाइएको छ ।
बिहान ११ बजेपछि गरिएको आकस्मिक अनुगमनका क्रममा बेकरी आइटम उत्पादन तथा बिक्रीवितरण गर्दै आएको दमक ५ गोर्खाली टोलस्थित सो बेकरी उध्योगले मापदण्ड उल्लंघन गरेको तथा सरसफाइमा लापरबाही गरेको पाइएकाले त्यहाँ उपलब्ध खाध्यन्न सामग्री जफत गरि नस्ट गरिएको अनुगमन संयोजक समेत रहेकी दमक नगर उप प्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिनु भयो ।
सो क्रममा दमक ५ स्थित संगम स्वीटसको भान्सामा र गोरखा किचनमा समेत अनुगमन गरिएको थियो । स्वीटसमा रहेको चिनीको पाकमा माहुरी प्रजातीका किरा भन्किएको पाइएकाले नस्ट गरिएको छ । त्यस्तै गोरखा किचन , वडा नम्बर ५ कै थकाली किचन र मम हबमा शाकाहारी र माङ्सहारी आइटम एकै भाडोमा पकाउने र राख्ने गरेको पाइएकाले सचेत गराएर छाडिएको छ । अनुगमन टोलीमा इलाका प्रशासन कार्यलय दमकका प्रमुख महेश्वर तिम्सीना , खाध्य गुण तथा नापतौल डिभिजन कार्यलय भद्रपुरका प्रतिनिधि , इलाका प्रहरी कार्यालय दमकका प्रतिनिधि , आन्तरिक राजश्व कार्यालय दमकका प्रतिनिधि लगायत सहभागी थिए ।
Facebook Comments Box