दमक/झपाको कमल गाउँपालिकाले ३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा समाजमा विशेष योगदान पुरयाएका ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
गाउँपालिकाले आइतबार आफनै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाबाट ७५ वर्ष माथिको उमेर समुहका ९ जनाका दरले ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
उनीहरुलाई गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य , वडाध्यक्षहरु अग्नी कोइराला, केदार कटुवाल लगायतले सम्मान गरेका हुन ।
सो अवसरमा अध्यक्ष राईले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा राज्यका विभिन्न क्षेत्रमा रहेर महत्वपूर्ण योगदान पुरयाएको बताउँदै उनीहरुको अनुभवले समाजलाई सकारात्मक बिकासमा सहयोग पुरयाउने उल्लेख गरे । वहाँहरू समाजका गहना भएकोले गाउँपालिकाले सधैं उच्च सम्मान गर्ने बताए ।

Facebook Comments Box