दमक/ नेकपा एकीकृत समाजवादीले शुरु गरेको समाजवादी जागरण अभियानको क्रममा शीर्ष नेताहरु दमक आएका छन ।

आइतबार काँकरभिट्टाबाट शुरु भएको अभियान अन्तर्गतको मेचीकाली यात्रामा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महासचिव एवं पूर्व मन्त्री घनश्याम खनाल, पार्टी उपाध्यक्ष प्रवेश हमाल, सचिव एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राई सहित शीर्ष नेताहरु बेलुकी करीब ५ दमक आइपुगेका हुन । उनीहरुलाई स्थानीय पार्टी नेता, कार्यकर्ताहरुले स्वागत गरेका छन ।
आफना समर्थक , शुभेच्छुकहरुसहित दमक दमक आइपुगेका अध्यक्ष नेपालले दमकमा भएको कार्यक्रमलाई सम्बोधन भने गरेनन । दमकमा भएको कोण सभालाई पार्टी उपाध्यक्ष हमालले मात्रै सम्बोधन गरेर समापन गरेका थिए ।


गाडीबाट ओर्लिएर करीब आधा घण्टा समय दमकमा अल्मल गरेका शीर्ष नेताहरु सोझै आकाशे पूल छेउ (राजमार्ग उत्तर) व्यवस्थापन गरिएका कुर्सीमा बसेर थिए । पार्टीका एक जना नगर पदाधिकारीका अनुसार अध्यक्ष नेपालले दमकको कार्यक्रमलाई सम्बोधन गर्ने सेडुल थियो । तर यात्रामा सहभागी बाहेक अन्य सर्वसाधारण तथा कार्यकर्ताहरु उल्लेखीय रुपमा उपस्थित नदेखेपछि अध्यक्ष नेपाल दमकमा सम्बोधन नगरी हिंडेका बताइएको छ ।
एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा एकीकृत समाजवादीका शीर्ष नेताहरुको उपस्थितीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उपाध्यक्ष हमालले एकीकृत समाजवादी पार्टी गठन, र आफूहरुको बिद्रोहको औचित्य, समसामयिक राष्ट्रिय राजनीति , समाजवादको नीति आदीका बारेमा नागरिकहरुलाई जानकारी गराउने उद्धेश्यले यो अभियान शुरु गरिएको उल्लेख गरेका थिए ।

Facebook Comments Box