दमक/ झापाको शिसवताक्षी र बाह्रदशीका दुई जना युवकलाई प्रहरीले पूर्वी नाका काँकरभिट्टास्थित मेची पूलबाट आज अपरान्ह ४ बजे प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदैं गरेका बुद्धशान्ती गाउँपालिका वडा नं ४ का ३६ बर्षिय सुरज थेवे र सँगै रहेका उनका साथी शिवसताक्षी नगरपालिका वडा नं. ७ का ४२ बर्षिय अमृत श्रेष्ठलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार थेवेले लगाएको पेन्टीको इलास्टिक भित्र लुकाएको ४ ग्राम ५०० मिलिग्राम ब्राउनसगुर फेला परेको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान अघि बढाइएको डिएसपी रिजालले जानकारी दिए ।

 

Facebook Comments Box