दमक/दमकमा ट्राफिक तथा सडक व्यवस्थापन अस्तव्यस्त भए पछि ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने सवारी साधनको चक्कामा चावि लगाउन (ह्विल लक) शुरु गरेको छ ।

ट्राफिक प्रहरीले बढि व्यस्त हुने जेसीज चोक क्षेत्रमा पार्किङ्क निषेध गरिएका केहि सवारी साधनमा त्यस प्रकारको चावि लगाएको हो । यसरी लक गरिएका सवारी साधन ट्राफिक कार्यालयमा पुगि नियम अनुसार जरिवाना तिरे पछि मात्र धनीले पाउँछन् ।

ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज यज्ञप्रसाद शर्माले भने–‘सडकमा घण्टौ सम्म सवारी साधन राखेर आफ्नो व्यवसाय चलाउने क्रमले सडकमा पुग्दा समेत सवारी धनी भेटिदैनन्, त्यस्ता सवारी साधनमा हामीले ह्विल लक लगायौंं, ति धनीहरुले कार्यालयमा पुगि नियम अनुसार जरिवाना तिरे पछि ति लक खोलिन्छ ।’

पहिलो पटक भएकाले सबैमा यसबारे जानकारी पुरयाउने कदमका रुपमा केहि सवारी साधनको ह्विल लक गरिएको उनले बताए । उनले यस किसिमबाट जथाभावी सवारी साधन रोकेर छोडिएका सवारीहरुका चक्कामा चावी लगाइने बताए । दमकमा यस किमिसको प्रयोग पहिलो पटक गरिएको बताइएको छ ।

Facebook Comments Box