दमक/नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले नयाँ नेतृत्व पाएको छ । संघको अध्यक्षमा जीवनकुमार खड्का विजयी भएका छन् ।
दमकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी भएका हुन् ।
विजयी भएका खड्काले १५४ मत पाए भने अध्यक्षका अर्का प्रत्यासी प्रदिप खरेलले ११५ मत प्राप्त गरेका थिए ।
त्यस्तै, सचिवमा यज्ञराज कार्की विजयी भए । उनले १५१ मत पाए । कार्कीका प्रतिस्पर्धी प्रल्हादराम ढुंगानाले १२१ मत पाएको निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले जानकारी दिए ।


३६४ जना मतदाता रहेको संघको दोस्रो अधिवेशनमा २७६ मत खसेको निर्वाचन समितिका सदस्य राजेन्द्र चौँलागाईंले जानकारी दिए ।
संघको दोस्रो कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं र खुद्रा उपाध्यक्षमा राकेश शाह निर्विरोध निर्वाचित भएका छन । त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भएका छन् ।


थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् ।
रोयल पार्टी प्यालेस दमकमा भएको संघको उदघाटन कार्यक्रममा संघका पूर्व अध्यक्षहरु सूर्यप्रसाद कोइराला, राजेन्द्र ढकाल, धनपति बराल, नरेन्द्र बस्नेत, विश्वनाथ दाहाल लगायत ७ जनालाई सम्मान गरिएको संघका नवनिर्वाचित उपाध्यक्ष बुद्धिशेखर बजगाइँ ( विवेक)ले जानकारी दिए ।
संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ,  महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष कुमार खतिवडा, औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्र, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments Box