दमकमा महिलाहरुका लागि विशेष महत्वको स्वास्थ्य शिविर

Author Nishkarsha News
२०७६ भाद्र ३०, सोमबार १४:१२

दमक/  झापाको दमकमा महिलाहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले दुई दिन सम्म विशेष किसिमको महिला स्वास्थ्य शिविर तथा परामर्श सेवा सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले असोज २ र ३ गते रेडक्रस भवनमा सञ्चालन गर्ने सो शिविरमा महिलाहरुमा बढ्दो समस्याका रुपमा रहेको पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श तथा शल्यक्रिया, स्तन परिक्षण तथा आफ्नो स्तन आफैं परिक्षण गर्न सिकाउने बारे जानकारीमूलक प्रशिक्षणसहितको सेवा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सामुदायिक सेवा केन्द्र भक्तपुरको सहयोगमा विशेषज्ञ सेवासहितको सो शिविर सञ्चालन गर्न लागेको हो ।
आर्थिक विपन्नता र सामाजिक अन्धविश्वासका कारण धेरै महिलाहरु अहिले पनि रोग लुकाएर बसिरहेका हुन सक्ने भएकाले टोल टोलमा सो शिविरबारे प्रचार प्रसार गरि सबै महिलाहरुले यो सेवा लिन सकुन भन्ने उदेश्यले नगरपालिकाले त्यस किसिमको शिविर सञ्चालन गर्न लागेको जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्