दमक/झापाको दमक ५ स्थित दिपिनी आधारभुत विद्यालयमा बाल दिवसका अवसरमा हरेक बर्ष झै यस बर्ष पनि पूर्व शिक्षक राजकुमार गौतमले दश जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

सोहि विद्यालयबाट अवकाश प्राप्त शिक्षक गौतमले आज विद्यालयद्धारा आयोजित कार्यक्रममा दश जना जेहेन्दार विद्यार्थीहरुको शैक्षिक निरन्तरताका लागि स्कूल ब्यागसहित अन्य शैक्षिक सामग्री प्रदान गरेका हुन् । गौतमले विगत ३ बर्षदेखि त्यस किसिमको शैक्षिक सहयोगलाई निरन्तरता दिईरहेका छन् ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्य र वडाध्यक्ष इन्द्र गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयमा स्थापित कौशिलादेवी न्यौपाने र शान्तिरमण दिपिनी अक्षयकोषद्धारा विपन्न तथा जेहेन्दार छात्रछात्रालाई पनि छात्रवृत्ती वापत सहयोग हस्तान्तरण गरिएको थियो । त्यसैगरी छात्राहरुका लागि सरकारद्धारा प्राप्त छात्रा छात्रवृत्ती रकम वितरणको शुभारम्भ समेत गरिएको विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलाले जानकारी दिए ।
शिक्षक बब्रुवान दाहालले सञ्चालन गरेको सो कार्यक्रममा प्रधानाध्यापक निरौलाले औचित्यमाथि प्रकाश पारेका थिए भने वडा सदस्यहरु कृतिका भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष कमल दाहाल , वडा नं ६ की वडासदस्य सावित्रा प्रसाइँ लगायतको आतिथ्य रहेको थियो ।

Facebook Comments Box