क्रिकेट संघको निर्वाचनमा झापाले मतदान गर्न नपाउने

Author Nishkarsha News
२०८० आश्विन ५, शुक्रबार २०:३५

दमक/  नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा झापाका प्रतिनिधिले मतदान गर्न नपाउने भएका छन ।

क्यानको शुक्रबार सुरु भएको साधारणसभाले एउटै जिल्लाबाट २ जना प्रतिनिधि आएपछि झापाको मताधिकार नै खारेज गरिदिएको हो ।
झापाबाट मनोज कटुवाल र लाक्पा लामा गरी दुई जना प्रतिनिधि साधारणसभामा सहभागी भएका थिए । क्यानको विधान अनुसार एक जिल्ला एक प्रतिनिधि र केन्द्रीय समिति गरी ८६ जना प्रतिनिधि हुन्छन । तर झापाका प्रतिनिधिले मतदान गर्न नपाउने भएसँगै शनिबार हुने निर्वाचनमा ८५ जनाले मतदान गर्न पाउने छन्। । साधारणसभामा क्यानको कार्य समिति बढाउने प्रस्ताव गरिएको छ ।  १७ सदस्यीय केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्ष र सहसचिव एक/एक जना थपेर १९ बनाउने प्रस्ताव गरिएको छ ।

(क्यान)को अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए ।   तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सचिवमा भने पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् । उनी बागमती प्रदेशका अध्यक्ष समेत हुन् ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्