दमक/ गएराती सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा आगजनी भएको छ ।

कसले गाडीमा आगजनी गर्नेको हो भन्ने यकिन नभएपनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले घट्ना गराएको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा राति साढे ११ बजे आगजनी भएको छ ।

टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी ३७ लाख ३० हजार मूल्यमा खरिद गरेको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए । जिल्लाबाट प्रहरी टोली घटना स्थल पुगेको र घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए ।

Facebook Comments Box