भैँसी करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका २ को जङ्गलमा उनलाई पक्राउ गरिएको बताइएको छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसुरको व्यवस्था गरिएको छ । ऐनको दफा २२७ मा पशु करणी गर्न नहुने उल्लेख गरिएको छ । सोही दफाको उपदफा एकमा कसैले पनि पशु करणी गर्नु वा गराउनु हुँदैन भनी उल्लेख गरिएको छ ।
त्यस्तै सोही दफाको उपदफा २ मा भनिएको छ–उपदफा ९१० बमोजिमको कसुर गर्ने व्यक्तिलाई गाईको करणी गरे वा गराएको भए दुई वर्षसम्म कैद र बिस हजार रुपैयाँसम्म जरिबाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ । मकालु खबरबाट