दमक/ पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) आज शुक्रबार झापा आएका छन् ।

काठमाडौंबाट बिहान करिब ९.३० बजे भद्रपुर विमानस्थलमा ओर्लिएका प्रचण्ड आज बुधबारेमा सक्षिंप्त भेटघाट गर्दै इलाम तर्फ जाने नेकपाका जिल्ला नेता महेन्द्र भट्टराईले जानकारी दिए । इलाममा प्रचण्डले आज जिल्लास्तरीय अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने बताइएको छ ।

सो पछि भोली शनिबार पूर्व माओवादी नेता स्व.गौरीशंकर खड्का ( राजेन्द्र)को स्मृतिमा झापामा गठन भएको गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको बार्षिक साधारणसभाको उद्घाटनका लागि प्रचण्ड पुनः विर्तामोड आउने नेकपा झापाका जिल्ला सचिवालय सदस्य तथा युवा नेता कर्म पूलामीले जानकारी दिए ।
प्रचण्डसंगै साधारण सभामा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङसहित केन्द्रीय नेताहरु सो सभामा सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।

Facebook Comments Box