दमक/ झापा र मोरङका छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो सवा २ बजेलागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा धनकुटाको जोरपाटी गाउँपालिका–६ का ३३ बर्षीय नरेन्द्र खड्कालाई पक्राउ गरेको हो । खडकाको साथबाट १ ग्राम ०३ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेको जनाइएको छ । त्यसैगरी विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीको टोलीले झापाको शिवसतासी नगरपालिका–३ का २६ बर्षीय सुबास तामाङ र ४० बर्षीय भिम प्रसाद तुम्बाहाम्फेलाई भारतबाट मे.५ प ९१३५ न.को मोटरसाईकलमा नेपाल आउदै गरेको अवस्थामा १ ग्राम ४ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारेको जनाइएको छ ।