ताप्लेजुङ/ ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ बिब्लाँटेमा चट्याङले लागेर एकजना बालकको मृत्यु भएको छ ।
बुधबार अपरान्ह ४ बजे स्थानीय ग्याबु शेर्पाका १६ बर्षीय छोरा फुर्बा शेर्पालाई चौरी गोठाला गरेर फर्किने क्रममा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोभानलाई उदृत गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
चट्याङले बालकको ज्यान लियो
Nishkarsha News
२०८० भाद्र २८, बिहीबार १९:३१