दमक/ झापाको दमक ९ घर भइ दन्त चिकित्सकका रुपमा चिनिएका डा. नवनितकुमार झाले आफनै डेन्टलमा कार्यरत एक जना महिला कर्मचारीमाथी जवरजस्तीकरणीको प्रयास गरेको आरोप लागेको छ ।
विभिन्न समयमा शरिरका संवेदनशील अंगहरुमा छुने, चलाउने र हिंसाजन्य क्रियाकलाप गर्दै आएका उनले पछिल्लो पटक गएको २० भाद्रमा कार्यकक्षमै जवरजस्तीकरणीको प्रयास गरेको भन्दै पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी छिन ।
प्रहरीमा जाहेरीपछि २१ भाद्रमा आरोपित झालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर जवरजस्तीकरणी उद्योग अन्तर्गत मुद्धा दर्ता गरेको छ । सो मुद्धाको अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट प्रहरीले म्याद थपको आदेश समेत लिएर अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए । उनले पीडित भनिएकी महिलाको किटानी जाहेरीका आधारमा तत्कालै पक्राउ गरी कानुनी प्रकृया अघि बढाइएको बताए ।
पीडित भन्छिन– मलाई थप मानसिक टर्चर भयो
यसैबीच आरोपित झाका विरुद्ध किटानी जाहेरी दिए लगत्तैदेखि आफूमाथी पीडक झा परिवारबाट थप मानसिक तनाव दिने काम भइरहेको ति महिलाले बताएकी छिन । उनले भनिन प्रलोभन र डर त्रास धेरैनै भएको छ । ममाथि यस्तो काम गर्नेलाई कानुनले तोकेको हदै सम्मको कार्वाही हुनुपर्छ भन्ने मेरो माग छ । अरु कुनै शर्त र सम्झौताको कुरा छैन । कसैले मलाई जोडेर त्यस्ता भ्रम छरेका छ्न भने कोही पनि त्यस्तो भ्रममा नपर्नु होला र कसैले त्यस्तो प्रयास नगर्न मेरो चेतावनी छ ।
निष्कर्ष न्यूजसँग ति महिलाले भनिन– मलाई डाक्टर झाको श्रीमतीले उल्टै तँलाई कारवाही हुन्छ भनेर नानाथरी गाली गर्ने, तैंले केही गर्न सक्दिनस तँलाई उल्टै कारवाही हुन्छ भनेर डर देखाइन । अहिले पनि मलाई मानसिक टर्चर दिने काम डाक्टरको परिवार र उनका मान्छेहरुले गरिरहेका छन ।
पटक पटक नराम्रो व्यवहार गरिरहयो
उनले करीब ४ बर्ष अघि आफू दमककै अर्को एक डेण्टलमा सहयोगी कर्मचारीका रुपमा कार्यरत रहँदा ति डाक्टर झासँग चिनजान भएको बताएकी छिन ।
उनले भनिन– पहिला म काम गर्ने डेन्टलमा नै उ ( झा) आउने गथ्र्यो, त्यहीबेला चिनजान भएको हो । त्यति बेला उसको व्यवहार यस्तो अहिलेको जस्तो थिएन ।
पछि आफैंले अर्को डेन्टल खोल्यो ( पीडितको आग्रहमा डेन्टलको नाम नखुलाइएको ) मेरो पारिवारिक अवस्था पनि पनि अर्को ठाउँमा काम भए गर्थे भन्नेनै थियो । उसले हुन्छ भन्यो ।
पछि पछि विस्तारै उसले मलाई अफिसको भित्र एकान्तमा म एक्लै भएको बेला जिस्काउने, छुने, चलाउने गरिरहन्थ्यो । मैंले बारबार उसलाई भन्थिएँ कि मलाई यस्तो नगर्नुहोस । तपाइँको श्रीमती, छोरा छोरी छन भनेर । तर उसले मलाई म तिमीलाई माँया गर्छु भन्दै मेरो टाउकोमा छोएर तिमी त मेरो आफनै त हौं नि भन्थ्यो । उसले ममाथि पटक पटक यस्तो नराम्रो व्यवहार गरिरहयो ।
अहिले १३ हजार मासिक तलब दिँदै आएको सो डेन्टलमा काम गरे वापतको तलब भने नियमित रुपमै पाउँदै आएको ति पीडित महिलाको भनाई छ ।