दमक/ दमकबाट बेलबारीस्थित बेतना सिमसार घुम्न गएकी १५ वर्षीय किशोरीलाई बसभित्रै जवर्जस्ती करणी गर्न खोजेको आरोपमा बसका चालक र सहचालक पक्राउ परेका छन् ।

२२ गते दिऊँसो बेतना सिमसार घुमेर दमक फर्किएकी बालिकालाई ललाईफकाई पथरीशनिश्चरे हुँदै रङ्गेली–९ दोहमना बजारमा लगि साँझ साँढे ६ बजे जवर्जस्ती करणीको प्रयास गर्ने ना ६ ख ९३४४ नम्बरको यात्रुबाहक बसका चालक मोरङ रङ्गेली नगरपालिका–३ का ३७ बर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ का १९ बर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

करणीको प्रयास गर्ने क्रममा बालिका चिच्याएर भाग्न खोज्दा सहचालक न्यौपानेले जवर्जस्ती हात समाएर बसभित्र लान खोज्दा पीडित बालिकाले पुनः प्रतिकार गरी चिच्याएपछि स्थानीयले थाहा पाएका थिए ।
इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी टोलीले दुबैजनालाई पक्राउ गरि कानूनी कारवाही प्रकृया अगाढी बढाएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

घाँटी रेटेर आत्महत्या
पाँचथरको फिदिम नगरपालिका–८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् ।
बिहिबार बिहान साँढे ९ बजे आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको अस्थायी प्रहरी चौकी तमाखेलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ ले जनाएको छ ।

Facebook Comments Box