दमक/ झापाका छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँऊपालिका २ बजारमा साईकल यात्री भारत किसनगञ्ज महमारी धनतोला पञ्चायतका २६ बर्षीय असरफुल हकलाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको छ ।
यसैगरी सोही समयमा झापाकै बिर्तामोड नगरपालिका १ कञ्चनजंघा टोल स्थित बिमला होटल एण्ड लज सञ्चालन गरि बस्ने होटल सञ्चालिका ४० बर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका ७ का २९ बर्षीय रुजन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।
लागुऔषध ब्राउनसुगरको कारोबार भईरहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box