दमक/ ११० औं वीपी जयन्तीको अवसर पारेर आज झापाको दमकमा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं ५ (ख) र दमक नगर समितिको आयोजनामा दमक अस्पतालका बिरामीहरुलाई फलफुल र जुस वितरण गरिएको हो ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक बिकासमा पुरयाएको योगदानको स्मरण गर्दै पार्टीले सेवामुलक काममा अग्रसरता लिएको कांग्रेस दमक नगर समितिका कार्यबहाक सभापति युवराज खनाल (सागर) ले जानकारी दिए । उनका अनुसार पार्टीका जिल्ला उपसभापति शेरबहादुर भटटराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश सभा क्षेत्र खका सभापति रवि केसी, महाधिवेशन प्रतिनिधिहरु सुरेश सुब्बा, सत्यनारायण चौधरी, अइन्द्रविक्रम केरुङ, विक्रम अधिकारी, वडा सभापति राजेन्द्र सिटौला लगायतको उपस्थितीमा फलफुल वितरण गरिएको हो ।

Facebook Comments Box