दमक/ झापाको कमल गाउँपालिका ३ स्थित भित्री सडकमा आज शनिबार दुई मोटरसाईकल एकापसमा ठाक्किएर भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाईते भएका छन् ।
मृत्यु हुनेमा सोहि वडाका ३५ बर्षिय बिरेन्द्र सहनी रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कमल ३ स्थित भित्री सडक खण्ड अन्तर्गत बगानेटोल क्याम्पा सडकमा मे ०२ प ५९२३ नम्वरको मोटरसाईकल र विपरीत दिशा बाट आउदै गरेको मे ११ प ९२०३ को मोटसाईकल शनिवार बिहान पौने ११ बजेको समयमा तीव्र गतिका दुवै मोटरसाईकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मे ०२ प ५९२३ नम्वरको मोटरसाईकलका सहनी घाईते भएका थिए । सहनीको उपचारका लागि दमकस्थित लाईफलाईन अस्पताल पुर्याउना साथ मृत्यु भएको थियो ।
दुर्घटनामा अर्का मोटरसाईकल चालक सोहि ठाँउका २३ बर्षिय रामभगत बुढाथोकीलाई नियन्त्रणमा लिएर घटनाका बारे अनुसन्धान भईरहेको प्रहरी चौकी केर्खाका ईन्चार्ज रामकाजी कटुवालले जानकारी दिए ।

 

Facebook Comments Box