दमक/ गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले झापाको दमकमा सञ्चालन गरेको प्रशिक्षण तथा किराँत लिम्बुवान कोचिला प्रदेशको बैठकले प्रदेश समिति विस्तार गर्नुका साथै पार्टीका जिल्ला इन्चार्जहरु हेरफेर गरेको छ ।
प्रदेश कमिटी अध्यक्ष बिमल निरौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका उपाध्यक्ष तिलक थापा, महासचिव कर्णजीत बुढाथोकी ,सचिव राजन तिम्सिना लगायको विशेष उपस्थिती रहेको थियो ।
बैठकले प्रदेश उपाध्यक्षमा प्रकाश राई, सचिवमा लक्ष्मण कार्की र विनिता राईलाई चयन गरेको छ भने प्रदेशका १४ वटै जिल्लाको इन्चार्ज हेरफेर गरेको छ ।
जस अनुसार पाँचथर र इलाममा सुदर्शन किराँतीलाई इन्चार्ज तोकेको छ । त्यसैगरी झापा इञ्चार्जमा दिपेन गोम्देन, मोरङ इञ्चार्जमा अप्सरा बानियाँ, सुनसरी र उदयपुर इञ्चार्जमा सुरेन्द्र कटुवाल, खोटाङ्ग र ओेखलढुगा इञ्चार्जमा मिलन खड्का, संखुवासभामा कन्चन दाहाल ,धनकुटामा गंगाराम गोम्देन, तेह्रथुुममा डम्बर याक्सो, भोजपुुरमा विन्द्रामन राई, र सोलुखुम्बुुमा कुमार राईलाई इन्चार्ज तोकेको छ । सो बैठक तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो ।