दमक/  नेकपा एमाले सम्बद्ध युवा संघ नेपालको दमक नगर कमिटीले आज दमकका ३० बिपन्न घर परिवार्लाइ झुल बितरण गरेको छ ।
दमक ४ स्थित जानकी टोलका बिपन्न परिवारलाइ झुल बितरण गरिएको युवा संघ दमक अध्यक्ष बिबेक भट्टराईले बताए ।
युवा संघ दमक इन्चार्ज राम पौडेलले उपलब्ध गराएका ति झुल नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली, कोशी प्रदेश सभा सदस्य एवं पार्टी नेता होमबहादुर थापा लगायतको उपस्थितीमा वितरण गरिएको बताइएको छ । युवाहरुलाई जनताका दुखसुखसँग जोडिएर काम गर्ने भावनाको बिकास गराउन संगठनले झुल वितरण गरिएको युवा संघले जनाएको छ ।

Facebook Comments Box