दमक/झापा दमकका बडी बिल्डर ( शारिरीक सुगठनका खेलाडी) विशाल क्षेत्री पौडेलले अन्तराष्ट्रियस्तरको बडी बिल्डीङ प्रतियोगितामा एशिया कप जितेका छन । पौडेल ५५ औं जुनियर मिस्टर एशियन च्याम्पियनसीप बढी बिल्डीङ प्रतियोगिताको विजेता बन्न सफल भएका हुन ।

हालै काठमाडौंको याक एण्ड यतिमा आयोजित प्रतियोगितामा हिमालयन गोल्डबाट सहभागी भएका दमकस्थित विस्ट फेक्ट्रीका निर्देशक समेत रहेका पौडेल एशिया महादेशका अन्य मुलुकहरुका प्रतिस्पर्धीहरुलाई पछि पार्दै विजेता बनेका हुन ।
उनी ८० केजी तौलका छन । उनले सो कपको उपाधि जितेसँगै शारिरीक सुगठनमा लागेका युवाहरु उत्साहित भएका छन ।
युवाहरु माझ लोकप्रिय बडी बिल्डर पौडेलले यो जित आफैंमा ऐतिहासिक भएको बताउँदै यसले आफनो लक्ष्यमा निरन्तर अघि बढिरहन प्रेरणा मिलेको बताएका छन । उनले यो उपाधि जित आफनो मात्रै जित नभएर सिंगो नेपाल र नेपालीको साझा जित भएको प्रतिक्रिया दिएका छन ।