एसिया कप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीचको खेल चलिरहेको छ ।

श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

भारतले १९ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ९४ रन बनाएको छ ।

भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले शर्मा र कोहली विकेट लिएका हुन् ।

त्यस्तै हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए ।

उनले शुभमन गिललाई १० रनमा आउट गरे । प्रमुख खेलाडी आउट भएपछि भारत केही दबाबमा परेको छ ।

Facebook Comments Box