दमक/तेक्वान्दो संघ (आइटीएफ) झापाले पाँचौं रक्तदान कार्यक्रम गरेको छ । दमकको मुख्य बजार क्षेत्र नमुना मार्गमा आज आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरिसकेका छन ।
नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा खेलाडी तथा संस्थाका सल्लाहकार, शुभचिन्तक लगायत रक्तदाताहरुले सहभागिता जनाएका संघका सचिव पारसमणी आचार्यले जानकारी दिए ।
संघका अध्यक्ष नविन तामाङको अध्यक्षतामा सञ्चालित रक्तदानको शुभारम्भ कार्यक्रममा दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापा, संघका संरक्षक बबरजङ थापा (किरण) , नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी, सल्लाहकारहरु रवि केसी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, वरिष्ठ उपाध्यक्ष राजु खडका लगायतको आतिथ्य रहेको थियो ।
दमक युथ क्लब, लायन्स क्लब बेलसिटी, शान्तभाव प्रतिष्ठान, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमक लगायतसँगको सहकार्यमा भएको रक्तदानमा स्थानीय व्यवसायीक फर्म तथा दाताहरुको विशेष सहयोग रहेको थियो ।
रक्तदाताहरुलाई कार्यक्रममा अतिथीहरुले प्रमाण पत्रसँगै फुलका विरुवा हस्तान्तरण गरेका थिए ।

