दमक/ आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा गौरादह ६ बालुवथान घर भएका ४५ बर्षिय पुण्य चुँडाल मोरङबाट पक्राउ परेका छन् ।
मोरङको रतुवामाई नपा ६ का खड्का थरका एक व्यक्तिको गुहालीमा अन्दाजी ३५ बर्षिया सिर्जना भनेर बोलाउने गरिएकी ति महिलाको हत्या प्रयास गरेर फरार भएका उनलाई उर्लाबारीको दुर्गापुरीबाट पक्राउ गरेको हो ।
गत शनिबार भएको सो घट्नापछि ति महिलालाई उपचारका लागि अस्पताल पुरयाएपछि मृत्यु भएको हो । लिभिङ टुगेदरका रुपमा बस्दै आएका उनीहरु बीचको सम्बन्ध प्रेमी प्रेमिकाका रुपमा रहेको बुझिएको छ । प्रहरीले चुँडालमाथि थप अनुसन्धन शुरु गरेको जनाएको छ ।