विराटनगर/ आफैँ लुकेर अपहरणको नाटक गर्ने एक जना मकवानपुरमा पक्राउ परेका छन् । आफैँ लुकिछिपी बसेर अपहरणको बहाना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।
यही भदौ ३ गते बिहान साढे ११ बजेतिर घरबाट निस्केर परिवारको समेत सम्पर्कमा नआएका राक्सिराङ–५ का ४६ वर्षीय कुमार प्रजाले आफैँ लुकिछिपी बसेर अपहरणको नाटक गरेकाले पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । प्रजालाई मनहरी गाउँपालिका–४ नयाँ बस्तीमा सूर्यबहादुर प्रजाको घरमा आफैँ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको उनले बताए ।
पक्राउ परेका कुमार र सानुबाबु रुम्बाको बीचमा आर्थिक लेनदेन रहेको थियो । प्रहरीले गोप्यरूपमा अनुसन्धान गर्दै जाने क्रममा कुमार श्रीमती तथा अन्य व्यक्तिसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको खुल्न आएको थियो ।