दमक/ कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ झापा आएका छन । नेपाली कांग्रेसका उपसभापति समेत रहेका गुरुङ कांग्रेसको जारी आन्तरिक विशेष अभियान अन्तर्गत झापा क्षेत्र नं ४ प्रदेश सभा (१) को प्रथम सम्मेलन उदघाटनका लागि झापा आएका हुन ।
केहीबेर अघि काठमाडौंबाट भद्रपुर विमानस्थल ओर्लिएका मन्त्री गुरुङ नेपाल डेमोक्रेटीक लयर्स एशोशिएसनले आयोजना गरेको भेटघाटमा सहभागी छन । त्यसलगत्तै शिवगञ्जमा आयोजना गरिएको पार्टीको प्रदेश सभा क्षेत्र सम्मेलनको उदघाटनका लागि आउने तय भएको प्रदेश सभा क्षेत्रीय सभापति विनोद ढकालले जानकारी दिए ।