दमक/  झापाको गौरीगञ्ज गाउँपालिकास्थित स्वास्थ्य शाखाले पालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तथ्याङक प्रमाणीकरण तथा पालिकास्तरीय बार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

  गाउँपालिकाको सभाकक्षमा दुई दिन सम्म सञ्चालित सो कार्यक्रम शुक्रबार सम्पन्न भएको शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । सो अवसरमा पालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमध्ये वडा नं ४ स्थित गौरीगञ्ज स्वास्थ्य चौकी उत्कृष्ट स्वास्थ्य चौकीका रुपमा पुरस्कृत भएको छ । आर्थिक बर्ष २०७९/०८० मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तथ्याङक विश्लेषणका आधारमा सो स्वास्थ्य चौकी उत्कृष्ट बनेको हो ।
सोही कार्यक्रममा सो पालिकामा २०७७ देखि अहेव चौथो तहमा कार्यरत रही लोकसेवा आयोगको सिफारिस अनुसार पौवादुङ्मा गाउँपालिका भोजपुरमा हेल्थ असिष्टेण्ट पाचौँ तहमा पदस्थापना भएकी एन्जिल लिम्बू र २०७७ देखि अ न मी चौथो तहमा कार्यरत रहि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा स्टाफ नर्स पाचौँ तहमा पदस्थापना भएकी कल्पना राजवंशीलाई बिदाई समेत गरिएको छ ।

गाउँपालिकाकी कार्यवहाक अध्यक्ष समेत रहेकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  वडाध्यक्ष कार्तिकलाल राजवंशी, कार्यपालिका सदस्य राधा अधिकारी, उत्कृष्ट हुने संस्थाका प्रमुख बेदनिधी निरौला तथा बिदाइ हुने कर्मचारीद्धयले मन्तव्य राखेका थिए ।  कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका बरिष्ठ तथ्याङ्क अधिकृत चुडामणी लुइटेल, प्रमुख प्रशासकिय अधिकृत सन्तोष श्रेष्ठ तथा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले सहजिकरण गरेका थिए  ।

Facebook Comments Box