दमक/ नेपाल – भारत मैत्री युवा संघ झापाको संयोजकमा तरुण नेता एवं व्यवसायी राजकुमार न्यौपानेले जिम्मेवारी पाएका छन ।
उनलाई संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन । संयोजक न्यौपानेले संघको जिल्ला समिति विस्तार गर्ने जनाइएको छ ।
जिल्लाको कमल गाउँपालिकाका स्थायीबासिन्दा न्यौपाने माँ शक्ति सप्लायर्सका सञ्चालक तथा पेप्सीको दमकस्थित डिलरका आधिकारिक विक्रेता हुन । राजनीतिक रुपमा नेपाल तरुण दल झापाको कार्यवहाक जिल्ला सभापति रहेका युवा नेता न्यौपाने यहाँको व्यवसायिक तथा सामाजिक संघ संस्थाहरुमा सक्रिय छन ।