दमक/ झापाको कमल गाउँपालिका वडां. ४ र ६ को संगमस्थल जीवन चौकमा हरेक सोमबार साप्ताहिक बजार सञ्चालनमा आउने भएको छ । आगामी असोज ६ गते सोमबारदेखि साप्ताहिकरुपमा हाटबजार लाग्ने भएको हो ।

बजार सञ्चालनका लागि व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार तामाङ्ग सर्वसम्मत चयन भएका छन भने उपाध्यक्षमा चन्द्रा बुढाथोकी, सचिवमा मकर लावती, कोषाध्यक्ष पदमा कुमारी चेम्जुङ्ग लगायत चयन भएका छन् ।

किनमेलमा सहज बनाउँदै स्थानीय विकासका लागि त्यस किसिमको साप्ताहिक हाटबजारको परिकल्पना गरिएको समितिले जनाएको छ । सो क्षेत्रका उपभोक्ताहरु दैनिक आवश्यक पर्ने सर सामान खरिद विक्रीका लागि दमक, गौरादह, केरखा लगायतका बजार पुग्नुपर्ने बाध्यता रहेको छ । स्थानीयले उत्पादन गरेका बस्तुको किनबेचका बजारले सहज बनाउने अपेक्षा गरिएको सो ठाउँमा २० वर्ष देखि किराना पसल सञ्चालन गर्दै आएका व्यवसायी अग्नि प्रसाद सुवेदीले बताए ।

Facebook Comments Box