दमक/ नेकपा एमालेको जनवर्गीय संगठन युवा संघ नेपालको दोश्रो गौरीगञ्ज गाउँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले शैलेश रिजालको अध्यक्षतामा २१ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा बाबुलाल गिरी, सचिवमा निर्मल पौडेल , सहसचिवद्धय अर्जुन महतो र हिना खातुन तथा कोषाध्यक्षमा विनोद महतो रहेका छन ।
पार्टीका झापा जिल्ला कमिटी अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यमा पार्टील् जारी राखेको मिसन ग्रास रुट पार्टी सुदृढीकरण तथा विस्तार अभियानका क्रममा आयोजित गाउँ अधिवेशनमा पार्टी तथा जनवर्गीय संगठनका नेता, कार्यकर्ताहरुको आतिथ्य रहेको थियो ।