दमक/ मोरङ रंगेली २ की २५ बर्षीया एक युवतीसहित तीन जनालाई सिजनल भिजामा ग्रीस भन्ने देशमा पुरयाएर अपहरण तथा बन्धक बनाई २१ लख रुपैयाँ फिरौती असुलीमा संलग्न गिरोहका चार जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ । सीआइबीले अपहरणमा परेका तीनै जनालाई सकुशल उद्धार समेत गर्न सफल भएको छ ।

पक्राउ पर्नेहरुमा धनकुटाको साविक लेगुवा हालको महालक्ष्मी नगरपालिका वडा नं ५का ३२ बर्षिय शिवराज कुँवर, काठमाडौं तारकेश्वर ५ का ५६ बर्षिय रामेश्वर अर्याल, दुवईमा रहेका कपिलबस्तुको शिवराज नगरपालिकाका ३२ बर्षिय प्रकाश बेलबाँसे, पर्वत जिल्लाको फलेबासका ४२ बर्षिय दिलबहादुर थापा रहेका छन ।

उनीहरु मध्ये दुवईमा रहेक बेलबाँसेका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । भाद्र २,३ र ६ गते पक्राउ गरिएका उनीहरुमाथि हिरासतमा राखेर शरीर बन्धक तथा अपहरण मुद्धामा थप अनुसन्धान अघि बढाइएको सीआइबीले जनाएको छ ।

यसरी असुले फिरौती
गत जेठ १२ गते रंगेलीकी सावित्रा थापा, उदयपुर त्रियुगा ३ का कृष्णबहादुर कार्की र काभ्रेको नमोबुद्धका राजन सत्याल सिजनल भिजामा बैदेशिक रोजगारको सिलसिलामा सर्विया गएका थिए ।
सर्वियामा भने जस्तो रोजगारी र सुविधा नपाएपछि लुकीछिपी ग्रीस तर्फ जाने क्रममा हिन्दीभाषा बोल्ने अपरिचित पाकिस्तानीले अपहरण गरी डोरीले बाँधेर यातना दिदैं बन्धक बनाएका थिए । पीडितहरुलाई नेपालमा परिवारसँग सम्पर्क गर्न लगाएको र दुवई तथा ग्रीसबाट वाटसपमार्फत परिवारसँग २१ लाख ७५ हजार रुपैयाँ फिरौती असुल गरेका थिए । सो प्रकरणबारे पीडित परिवारले सीआइबीलाई जानकारी गराएपछि काठमाडौं ८ गौरीघाटमा लुकिछिपी बसिरहेको अवस्थामा फिरौती असुली प्रकरणमा जोडिएका उनीहरुलाई फिरौती रकमसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

Facebook Comments Box