दमकमा महिला डेन्टल सर्जनहरुले शुरु गरे शुभश्री डेन्टल

Author Nishkarsha News
२०८० भाद्र ७, बिहीबार २२:१४

दमक/ दमक ५ स्थित क्याम्पसमोडमा महिला डेन्टल सर्जनहरुले शुभश्री डेन्टल सञ्चालनमा ल्याएका छन । धेरैजसो डेन्टल हस्पिटलहरु डेन्टल सर्जन बिनानै सञ्चालन भइरहेका बेला डेन्टल सर्जन डा. ज्योती गडतौला र डा. शीला भण्डारीले संयुक्त रुपमा सो डेन्टल सञ्चालनमा ल्याएका हुन ।

दमककै स्थायीबासिन्दा  भण्डारी र  गडतौलासहितको टिमले सञ्चालनमा ल्याएको सो डेन्टलको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उदघाटन गरेका छन ।  उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले दमक नगरबासीहरुलेनै काठमाडौं, विराटनगर लगायतका ठुला शहरमा गई अध्ययन गरेर आफूले आर्जेको ज्ञान र सीपको उपयोग गर्दै आफनै नगरमा सेवा पुरयाउने उद्धेश्य राख्नु सकारात्मक पक्ष भएको बताए ।

सञ्चालक समेत रहेकी डेन्टल सर्जन डा. भण्डारीले दाँतको उपचार र सुरक्षा महत्वपूर्ण बिषय भएको बताउँदै पेनलेस प्रविधिबाट दाँतको उपचार गर्ने विधिको उपयोग शुभश्रीले गरेको बताइन । उनले सो डेन्टलमा बिरामीको सहजता र सुविधाका लागि एकै ठाउँमा बसेर दाँतको एक्सरे गर्न सकिने पोर्टेबल एक्सरे डिजिटल मेसिनको सेवा रहेकाले यो दमकमानै पहिलो र नयाँ आधुनिक डिजिटल प्रविधि भएको दाबी गरिन ।

उनले शुभारम्भको अवसरमा शुभश्री डेन्टलले एक महिना सम्म निशुल्क दन्त परिक्षण (चेकअप) र दाँतको उपचार प्रकृयामा विशेष छुटको व्यवस्था गरेको बताइन । सो डेन्टलमा दाँतको परिक्षणसँगै डिजिटल एक्सरे, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत बनाउने, बाँगोटिंगो दाँत मिलाउने लगायतका सेवा दिइने जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्