झापा/ झापाकाे अर्जुनधारामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।
करेन्ट लागेर अर्जुनधारा नगरपालिका–९ का २४ वर्षीय अमृत रेग्मीकाे ज्यान गएकाे हाे । उहाँकी श्रीमती २२ वर्षीया ममता रेग्मी घाइते हुनुभएकाे छ । ममतालाई करेन्ट लागेपछि बचाउने क्रममा अमृतकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि शनिश्चरेमा रहेकाे शङ्कर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा ज्यान गएकाे हाे । ममताको अवस्था सामान्य रहेको र अहिले बिर्तामोडमा रहेकाे बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
इलाम नगरपालिका–२ का रेग्मी परिवार केही समयदेखि अस्थायीरूपमा अर्जुनधारा–९ कटहरडाँडामा बसोबास गर्दै आएका थिए ।