दमक/ दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले पूर्वपश्चिम राजमार्गको विस्तारपछि मात्रै दमक चौंकमा सडकबत्ती बल्ने बताएका छन ।
दमक चौकमा सडक बत्तीहरु नबल्दा चोक अन्धकार भएको बिषयमा प्रकाशित / प्रशारित समाचारहरुलाई लक्षित गर्दै प्रमुख थापाले त्यस्तो बताएका हुन ।
दमक उद्योग वाणिज्य संघले दमकमा आयोजना गरेको अन्तरवस्तुगत फूटसल प्रतियोगिताको उदघाटन गर्दैं उनले दमक चौंकको सडकबत्तीको काम राजमार्ग विस्तार पछि मात्र हुने बताए ।
उनले चोकमा बत्ती नबले पनि बसापर्कदेखि उत्तरतर्फ जाने सडकमा दमक फनपार्क सम्म झलमल्ल भएको बताए ।
राजमार्ग विस्तार हुँदा सडक बत्तीसंग संगै हुने भएकाले योजना अन्यत्र सारिएको उनको भनाइ थियो । तर राजमार्ग कहिले विस्तार हुने अझै सुनिश्चित भईसकेको छैन् ।
दमक चोकमा राजमार्ग ठुलो बनेपछि बत्तिको ब्यवस्थापन हुने जनाउदै दमक चोकमा त्यहि भएर बत्ति नराखिएको उनले बताए । नगर प्रमुख थापाले रतुवाखोला देखि मावासम्म सडकबत्ती लगाउने बजेट अन्यत्र सडक बत्तीमा प्रयोग गरिएको स्पष्ट पारे ।
पशुहाटदेखि फन पार्कसम्म ९१ लाखको लागतमा बत्ती ब्यवस्थापन गरेको नदेख्ने तर चोकमा बत्ती बलेन भनेर विरोध गर्न कार्यमात्र ठिक नभएको उनको भनाई थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक चौंक सडक खण्ड साँझपखदेखि नै सडकबत्ती नहुदाँ अन्धकार हुदैआएको छ । यहाँका सोलार जडित सडकबत्ती काम नलाग्ने अवस्थामा पुगेपनि स्थानीय सरकार भने बेखबर हुदैआएका छन् । सडकबत्ती नहुदाँ राजमार्ग आसपासका क्षेत्रका बासिन्दा असुरक्षित महषुष गरिआएका छन् ।
सडक विस्तारका काम शुरु भएपनि कति वर्ष लाग्ला भन्ने टुंगो नहुदाँ दमक चौंकको सडकबत्तीमा ध्यान नदिनु ठिक नभएको स्थानीय बताउँछन् ।
उनले सञ्चारमाध्यमले नकरात्मक कुरालाई मात्र समाचार बनाएको भन्दै गुनासो समेत राखे । नकरात्मक भन्दा सकरात्मक विषयलाई पनि समाचार बनाउनु पर्ने भन्दै उनी पत्रकारहरुप्रति आक्रामक शैलीमा प्रस्तुत भए ।
दमकको ट्राफिक ब्यवस्थापनको काम शुरु भएको जनाउदै एकातर्फी पार्किङ कार्यको थालनीले दमकको ट्राफिक ब्यवस्थापनमा सहयोग पुग्ने उनले जनाए ।

Facebook Comments Box