दुर्घटनामा बालकको मृत्यु

Author Nishkarsha News
२०८० भाद्र ६, बुधबार २०:१७

दमक/ मोरङको बुढीगंगा गाउपालिका–१ मिलन चौकमा भित्री सडक खण्डमा सवारी दुर्घटनामा बालकको मृत्यु भएको छ ।  मंगलबार अपरान्ह ४ बजे दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बा १ प ६०१८ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिणतर्फ साइकलमा जादै गरेका खोटाङ चित्रुङ तुईचुङवा नगरपालिका घर भई हाल बुढिगंगा गाउपालिका–१ मिलन चौक बस्दै आएका १२ बर्षीय संदेश सुनामलाई ठक्कर दिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भिर घाईते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । बस र बस चालक बिराटनगर महानगरपालिका–४ का ४० बर्षीय देवान्नद राजवंशीलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्