दमक/ विर्तामोडबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
विर्तामोड नगरपालिका वडा नं ३ मेची आँखा अस्पताल नजिकैबाट सो ठाउँका ३४ बर्षिय रोशन राजवंशी र २१ बर्षिय रोहित राजवंशीलाई ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
सोमबार राती करीब सवा ८ बजे उनीहरुलाई प्रहरी चौकी विर्ता बजारबाट खटिएको प्रहरी टोलीले नगद ७६ हजार ३१५ रुपैयाँ समेत फेला पारी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।