दमक/ नेपाली कांग्रेस दमक ७ ले पार्टीको विशेष आन्तरिक अभियान अन्तर्गत पार्टीको वडा सम्मेलन सम्पन्न गरेको छ ।
केन्द्रीय सर्कुलर अनुसार वडामा पार्टी गतिबिधिहरुको समिक्षा, आगामी रणनीति तर्जुमा लगायतका बिषयमा केन्द्रित हुँदै सोमबार वडा सम्मेलन सम्पन्न भएको हो ।
पार्टी महाधिवेशन प्रतिनिधि सत्यनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा जिल्लाबाट अभियानका लागि जिम्मेवारी तोकिएका पार्टी जिल्ला सदस्य गोकूल श्रेष्ठको विशेष उपस्थितीमा भएको सम्मेलनमा पार्टीका प्रदेश समिति सदस्य भुमिराज राई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश सभा क्षेत्र (ख)का सभापति रवि केसी लगायत पार्टी नेताहरुको आतिथ्य रहेको थियो ।
वडा सभापति अतित बान्तवा राईको सभापतित्वमा वडास्थित पार्टी नेता, कार्यकर्ताहरुको सहभागी रहेको सम्मेलनमा पार्टीको आन्तरिक विशेष अभियानले कांग्रेसभित्रको एकतालाई थप बलियो बनाउँदै संगठन निर्माणमा जोड दिइएको थियो ।