दमक/ झापाको बुद्धशान्तिस्थित जयपुर बुधबारे –सडक खण्डमा स्कूलबसको ठक्करबाट घाईते बालिकाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ ।
सो सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे. १ क ८६० नम्बरको कर्णाली एजुकेसन फाउन्डेसनको स्कुल बसले सोही दिशातर्फै जाँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी ८ बर्षीया समिक्षा बस्नेतको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।
बुद्धशान्ति गाउँपालिकास्थित कर्णाली एजुकेसन फाउन्डेसनको बसले आइतबार ठक्कर दिँदा बस्नेत परिवारका तीनजना घाइते भएका थिए । घाइते अन्य दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा समीक्षासँगै आमा रिता बस्नेत र ५ वर्षीय भाइ सन्दीप बस्नेत घाइते भएका थिए ।