दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं ५ ले क्षेत्रभित्र नविन राप्रपा निर्माणको अभियानलाई तिब्रता दिएको छ ।
सो अभियान अन्तर्गत वडा तहदेखिनै पार्टी तथा भातृ संगठनका कमिटी गठन, पुनर्गठन, भेला, बैठक र सांगठनिक छलफललाई तिब्रता दिइएको छ ।
पार्टीका झापा क्षेत्र नं ५ का क्षेत्रीय अध्यक्ष भिमप्रसाद पौडेलका अनुसार मौजुदा कमिटीहरुलाई चलायमान बनाउँदै क्षेत्र अन्तर्गतका सबै वडाहरुमा पार्टी सम्बद्ध महिला, युवा , किसान, मजदुर लगायतका संगठनका कमिटीहरु निर्माण गर्ने काम धमाधम चलिरहेको छ । राप्रपा गौरादह नगर समितिको बिस्तारीत भेला पार्टी प्रबेशसहित नबिन राप्रपा कार्यन्वयनका योजना तर्जुमा गरि कार्यक्रम अघि बढाइएको छ ।
सो अभियान अन्तर्गत दमक २ को वडा भेलाले योगराज दंगालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी पुनर्गठन गरिएको छ ।
उनका अनुसार कमल गाउँपालिकाका सबै वडाहरुमा पार्टी बैठक तथा छलफल गरि संगठन निर्माण गरिएको छ भने दमक, गौरादह र गौरीगञ्जका पनि विभिन्न वडाहरुमा पार्टी कमिटी पुनर्गठनलाई तिब्रता दिइएको छ ।
राप्रपा सम्बद्ध युवक संगठनका केन्द्रिय नेता राजकुमार योङयाले बिद्यार्थी र युवा संगठनका कमिटीहरु देशभर चलायमान बनाइएको बताए । उनले दमक बहुमुखी क्याम्पसमा बिद्यार्थी संगठन राप्रविसंघको सम्मेलन सम्पन्न भएको र छिट्टै दमकमा युवक संगठनको नगर सम्मेलन मार्फत नगर कमिटी पुनर्गठन गर्ने आवश्यक तयारी भइरहेको जानकारी दिए ।