दमक / जननायक वी.पी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले आजदेखि देशब्यापी रुपमा दोस्रो चरणको हिपतम जागरण अभियान शुरु गरेको छ ।
वी.पी. कोइरालाको १०६ औं जन्मजयन्तीको स्मरण गर्दै ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा १०६ वटाका दरले विरुवा रोप्दै अभियान शुरु गरिएको हो । झापाका १० वटै प्रदेश निर्वाचन क्षेत्रमा वृक्षरोपणसहित विविध कार्यक्रम सम्पन्न भएका छन् । प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालय, सार्वजनिक स्थल, कांग्रेसका पार्टी कार्यालय तथा सामुदायिक भवन परिसरमा बृक्षारोपण गरिएको छ ।
पर्यावरणीय सन्तुलनमा पार्टीका तर्फबाट योगदान पु¥याउने उद्देश्यअनुरुप देशभर बृक्षरोपण गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
जस अन्तर्गत झापा क्षेत्र नं ५, प्रदेश क निर्वाचन क्षेत्रीय समितिले गौरादह स्वास्थ्य चौकी र दुर्गा अतिथि सदन परिसारमा १०६ वटा विरुवा रोपेको छ ।
जागरण अभियानका केन्द्रीय प्रतिनिधि शेखरचन्द्र थापाको प्रमुख आतिथ्य र रोहितकुमार शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, ५ नं क्षेत्रीय सभापति ढुण्डि भण्डारी, लगायतले बोलेका थिए ।
त्यस्तै झापा क्षेत्र नं ५ कै प्रदेश निर्वाचन क्षेत्र ख अन्तर्गत नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय दमकमा विरुवा रोपिएको छ ।
जागरण अभियानका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि विनोद राईको प्रमुख आतिथ्य र ने.का. झापाका उपसभापति राम कट्टेलको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सांसद महेन्द्राकुमारी सुब्बा, क्षेत्रीय सभापति ढुण्डि भण्डारीलगायतले बोलेका थिए । पदम सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको पार्टीका क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिए ।