दमक/ झापाको कमल गाउँपालिका वडा नं ६ लखनपुरबाट पाँच दिन अघि चोरी भएका दुई वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो ठाउँका कुमार तामाङको घर अगाडी पार्किङ गरि राखिएका मोटरसाइकल चोरी भएको इलाका प्रहरी कार्यालय दमकलाई जानकारी आएको थियो ।

चोरीएका बजाज कम्पनीको मे ८ प ३४७८ नं. को मोटरसाईकल र मे ९ प ८६६८ नम्बरको बजाज कम्पनीकै एनएस मोटरसाईकलसहित ईलाम चुलाचुली– ३ मंगलसिद्दी वजारका २७ बर्षिय विर बहादुर राई र चुलाचुली –३ यलम्बर चोकका २१ बर्षिय मनोज राईलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले पक्राउ परेकाहरुमाथि चोरी मुद्धामा अदालतबाट म्याद थपको आदेश लिई अनुसन्धान भइरहेको जानकारी दिए ।

Facebook Comments Box