काठमाडौं/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बुधबार केन्द्रीय कारागार पुगेर पार्टी नेता बालकृष्ण खाँणसँग भेट गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न कोइराला दिउँसोको करिब ३ बजे सुन्धारास्थित केन्द्रीय कारागार पुगेका हुन्।

कोइराला र खाँणबीच करिब एक घण्टा कुराकानी भएको थियो। कोइराला गएको निर्वाचनमा सभापतिको उम्मेदवार थिए। तर खाँणले शेरबहादुर देउवालाई सहयोग गरेका थिए।

खाँण शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन्।

जिल्ला अदलत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि उनले उच्च अदालतमा थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न अपिल गरेका छन्। उनीसहितको अपिलमा उच्च अदालतमा सुनुवाइको तयारी हुँदैछ। यसअघि जिल्ला अदालतबाट कैफियत प्रतिवेदन मगाइसकिएको छ।

Facebook Comments Box