दमक/ झापाको झापा गाउँपालिका–४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी टाघनडुव्बाबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा रहेका दमक नगरपालिका–३ का २२ बर्षीय जीवन सार्कीको साथबाट ५ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यसै गरी बिराटनगर–१६ स्थितबाट लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१४ का २९ बर्षीय सुरेन चौधरीलाई नाईट्रोभेट १०० ट्रयावलेट सहित पक्राउ गरेको छ । उनीहरुमाथी प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

Facebook Comments Box