दमक/झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनबाट काठको अबैध चोरी निकासीमा संलग्न दुई जनालाई प्रहरीले ट्रयाक्टर र काठसहित नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा झापा बुद्धशान्ति गाउँपालिका वडा नं.४ का २४ बर्षिय सविन बिश्वकर्मा र ट्रयाक्टरमा सवार सोही ठाउँका ३६ बर्षिय धनाहाङ लिम्बू रहेका छन । उनीहरुलाई डिभजन वन कार्यालय भद्रपुर झापामा बुझाइएको प्रहरीले जनाएको छ ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे.१ त.६५३८ नम्बरको ट्रयाक्टरमा सखुवा जातको गोलिया काठ १६ थान (५८.२२ क्यु फिट ) लोड भएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box